काठमाडाैं, ७ साउन । नेपाल राष्ट्र बैंकले सेयर, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको जोखिम भार घटाउने तयारी गरेको छ।
आइतबार केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै उल्लेखित कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने भएको हो।
हालको व्यवस्थाअनुसार सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार १ सय ५० प्रतिशत छ। जसलाई १ सय प्रतिशत कायम गर्नुपर्ने माग सरोकारवालाकाे थियाे।
मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित विभागले निर्देशिका जारी गर्दै कार्यान्वयन गर्दा हाल १ सय ५० प्रतिशत रहेको कर्जाको जोखिम भार घटाइने स्रोतको भनाइ छ।










