कम्युनिष्ट पार्टी एकतामा हरेस खानु हुँदैन : माधव नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले  कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।

कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्