अस्ट्रेलियामा भिसा कडाइपछि नेपाली बिद्यार्थीहरु माझ क्यानडा लोकप्रिय गन्तव्य बन्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ९

बिगत केही समयदेखि वैदेशिक शिक्षाका लागि विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने मुलुक अस्ट्रेलियाले भिसा दिन कडाइ गरेको छ । कोभिड महामारी पश्चात् क्यानडाले पनि प्रवासी विद्यार्थीलाई सजिलै स्टडी पर्मिट प्रदान गर्दै आएको पाइन्छ। विशेष गरि नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियाले भिसामा कडाइ गरेसङ्गै नेपाली बिद्यार्थीहरु माझ क्यानडा लोकप्रिय बन्दै गएको पाइन्छ ।

क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि राम्रो सेवा सुविधा छ । अध्ययन शुल्क र ट्युसन फी सस्तो छ । आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकोले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुनसक्छ।पढाइसँगै छिट्टै काम गर्ने अनमुति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य बढेको छ ।

विगतमा अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि प्रख्यात गन्तब्य थियो । तर स्ट्डि पर्मिटमा कडाइ गरे सङ्गै विद्यार्थीले क्यानडालाई आफ्नो सपना पूरा गर्ने भरपर्दो गन्तब्यको रुपमा लिन थालेका छन। विशेष गरि नर्सिङ ,इन्जिनियरिङ्ग,आइटी ,टुरिजम, बिज्ञान तथा होटेल ब्यबस्थापन लगायतका विषयहरु क्यानडाका युनिभर्सिटी तथा कलेजमा अध्यापनको लागी नेपाली विधार्थीले आवेदन दिन सक्छन। अस्ट्रेलियाले रिजेक्ट गरेको खण्डमा अस्ट्रेलियाका लागि तयार पारिएका डकुमेन्टमा थोरै थपघट गरि क्यानडा भिसाका लागि आवेदन दिन सकिने व्यहोराक्यानेडियन स्ट्डि सेन्टर,नयाँ बानेश्वोरका संचालक अनुप अधिकारीले जानकारी दिनु भयो। साथै अस्ट्रेलियाले कडाइ गरे पश्चात क्यानडामा स्टडी पर्मिटको आवेदन दिने नेपाली विधार्थीको संख्या उलेख्य बढेको भन्ने उहाको भनाई छ।

क्यानडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अङ्ग्रेजी भाषा परीक्षा आइ एल टि यस को प्रत्येक मोड्यलुमा कम्तीमा ६ र औसतमा ६।५ वा पि टि इ परीक्षाको प्रत्येक मोड्यलुमा कम्तीमा ५५ र औसतमा ५८ भन्दा बढी अङ्क ल्याएको भए सन २०२३ इन्टेकको लागी नेपाली विद्यार्थीले डिप्लोमा, ब्याच्लर्स ,पोस्ट ग्र्याजुएसन र मास्टर्स लगायतका कोर्सका आवेदन दिन पाइन्छ ।

क्यानडा भिसाको एउटा भरपर्दो माध्यमको रूपमा चिनिएको क्यानेडियन स्ट्डि सेन्टरले विगत १५ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ भित्र नयाँ बानेश्वर , सेतोपुल, मैतीदेवी, बागबजार अनि काठमाडौँ बाहिरबाट चितवन, बुटवल लगायत नेपालका विभिन्न स्थानबाट क्यानेडियन स्ट्डि सेन्टरले सेवा प्रवाह गर्दै आएको छ। क्यानेडियन स्ट्डि सेन्टरले करियर काउन्सिलिङ, डकुमेन्ट तयार ,एप्लिकेसन असिस्टेन्स लगायतका सेवा प्रदान गर्दै आएको छ।

क्यानडा जान लाग्ने खर्च विद्यार्थीले रोज्ने कोर्स र युनिभर्सिटी वा कलेज अनुसार फरक पर्ने गर्दछ । सामान्यतः क्यानडा अध्ययनका लागि जान १८ देखि २२ लाख खर्च लाग्छ । क्यानडामा अध्ययन पछि विद्यार्थीले पाउने पोस्ट ग्र्याजुएसन वर्क पर्मिट अन्तर्गत विद्यार्थीले फुल टाइम काम गर्न पाउने व्यवस्था छ। त्यस्तै अध्ययन गरी रहेका विद्यार्थीले २० घण्टा र बिदाको समयमा ४० घण्टा काम गर्न पाउने व्यवस्था गरिएको छ।क्यानडा विद्यार्थीका लागि अन्य देशको तुलनामा सस्तो अनि भरपर्दो गन्तब्य भएकाले धेरै विद्यार्थी क्यानडातर्फ आकर्सित भएका हुन ।

सर्वसुलभ खर्चमा उत्कृष्ट शिक्षा, उपयुक्त छात्रवृत्ति र सस्तो ट्युसन फी पनि क्यानडा रोज्नुपर्ने कारण भएको देखिन्छ। यति मात्रै होइन बस्न अनुकुल मौसम र पढाइसँगै पाइने कामको अवसरले पनि क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय धेरैको रोजाईमा परेको देश क्यानडा पठाउने थप्रुै कन्सल्टेन्सी पनि बजारमा देखिएका छन तर सबले सही परामर्श दिन्छ भन्ने हुँदैन त्यसलै कोही पनि विद्यार्थी थाहा नपाएर वा ठगिएर क्यानडा नपुग्न एक पटक सबै प्रक्रिया बुझेर भरपर्दो र अनभुव भएका कन्सलटेन्ट्हरुको परामर्श लिन जरुरी हुन्छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्