काठमाडौँ, कात्तिक २८ – नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि शुक्रबार एकैपटक मूल्य समायोजन गर्दा सुनको भाउमा ठूलो गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार महासंघले मूल्य समायोजन गरेको जनाएको छ ।
महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ तोकिएको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको छ ।




