काठमाडौं, ७ साउन । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक (बीपी) कोइरालाको ४१ औं स्मृति दिवस रहेकाे छ। विपिकाे याेगदान स्मरणम शनिबार कांग्रेश लगायत विपिका शुभचिन्तकले विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाउदैछ ।
बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्दैछ । बीपी स्मृति दिवसका अवसरमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम गर्ने भएकाे छ।
कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियाे । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।
उहाँका ‘तीन घुम्ती’,‘मोदी आइन’,‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्रदाई’,एवं ‘बाबु, आमा र छोरा’ गरी चर्चित ६ उपन्यास प्रकाशित छन् ।











