सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्