नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रूपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।
आज राजधानीको रत्न राज्य विद्यालयको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो । नेता सिंहले जनस्तरमा अनुभूत हुने गरी सरकारले काम गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु भन्दै सरकारले तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गर्नु भएको छ । बिरामीले सिटामोल धरि भनेको समयमा पाइँदै भन्ने गुनासो रहेकाले सरकारलाई गम्भीर बन्न अपिल गर्नु भएको छ । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न आग्रह गर्नु भएको छ ।
फरक प्रसङ्गमा बोल्दै मुलुकमा सङ्कटको निकास कालागि काँग्रेस अवसर पाउँदा जिम्मेवारी बहन गरेको भन्दै अहिलेको आम चुनावमा काँग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरता आउने समेत बताउनु भएको छ । अवसर पाउँदा कसले कुन दलले के गरेको छ त्यसको लेखाजोखा जनताले गर्नु पर्ने समेत बताउनु भएको छ । अहिले सङ्घीयताका बारेमा समेत प्रश्न उठेकाले काँग्रेसले अवसर पाए जनतालाई अनुभूत हुने गरी काम गरेर देखाउने समेत बताउँदै गुड गभरमेन्ट, भ्रष्टचारमुक्त शासन प्रणाली काङ्ग्रेसको प्राथमिकता रहेको समेत बताउनु भएको छ ।
मुलुकमा बेरोजगारी समस्याको समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको विकास मार्फत स्वरोजगारीको सृजना गरी युवा वर्गमा रहेको निराशता अन्त गर्नु काङ्ग्रेसको मुख्य ध्यान रहेको समेत बताउनु भएको छ । स्वास्थ्य शिक्षामा आमूल परिवर्तनको खाचाे रहेकाले त्यस तर्फ ठोस कार्य योजनाका साथ आफू अगाडि बढेकाले साथ सहयोगका लागि समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रम रत्न राज्य विद्यालयको सुविधा सम्पन्न विज्ञान प्रयोगशालाको हस्तान्तरण गरिएको थियो भने बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ लगायतले विद्यालयको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका थियो ।












