प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएपछि स्थानीय सरकारलाई सङ्घको परिपत्र

खबर बुक
  • ख-
  • ख+

स्थानीय तहमा आएका नयाँ जनप्रतिनिधिले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएको भन्दै सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले हाजिर गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ ।

७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना हुने अवस्था आएको बताएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम बिष्टले नयाँ जनप्रतिनिधिले आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत राख्न खोज्दा खटाइएका कर्मचारीले हाजिर गर्न नपाएको बताउनुभयो ।

उहाँका अनुसार बितेको डेढ महिनामा १५ जनाभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले पठाएको थियो । तर, उनीहरूलाई स्थानीय तहले फिर्ता पठाइदिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानुनले निर्दिष्ट गरेको सहकारीता, समन्वय र सहअस्तित्वको सिद्धान्तको मर्मलाई कार्यान्वयन गर्न पनि स्थानीय तहहरूलाई भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्