मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुल्यो

खबर बुक
  • ख-
  • ख+

मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो । ओरालो बाटोमा ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्