खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनगढी, २३ वैशाख।कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिहीबार साढे ९ बजे राति  जोशीपुर गाउँपालिका-७ वस्ने २१ वर्षीय अमृत चौधरीलाई शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगरस्थित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चौधरीलाई खानतलासी गर्दा जिन्सको हाप पाइन्टको बाँया खल्तिबाट ३ ग्राम ३ सय ४० मिलि ग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्