सुनचाँदीको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्