निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमित काममा फर्कने बताएपछि सर्वोच्च अदालत प्रवेशद्वारमा बाक्लो गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले काममा फर्कने सूचना सर्वोच्च प्रशासनलाई दिनुभएको थियो ।
नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर जबरालाई रोक्न उपस्थित भएका छन् ।