बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्