संक्रमणकालीन न्याय सम्बन्धी कानून अधि बढाउने बिषयमा प्रमुख दलहरुबीच सहमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख ११ । प्रमुख दलहरुबीच संसदीय समितिको नेतृत्व र संक्रमणकालीन न्याय सम्बन्धी कानून अधि बढाउने बिषयमा सहमति जुटेको छ ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा समितिको नेतृत्वको भागबण्डामा सहमति जुटेको हो । त्यस्तै संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई अघि बढाउन १५ सदस्यीय विशेष समिति गठन गर्ने दलहरुबीच सहमति भएको छ । बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले संघीय संसदको दुईवटा संयुक्त समिति मध्ये संसदीय सुनुवाईको सभापति कांग्रेस र राज्यको निर्देशक सिद्धान्त समितिको सभापति एमालेले पाउने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको १० वटा बिषयगत समिति मध्ये लेखा र अन्य कुनै एक समितिको सभापति एमालेले लिने सहमति भएको बताउनुभयो । त्यस्तै संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई अघि बढाउनका लागि १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको उहाले बताउनुभयो । गिरीले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि संसदबाटै पारित गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा भएका सवै राजनीतिक दलहरुबीच सहमतिकै आधारमा संसद सञ्चालन गर्ने सहमति भएको बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टिआरसी अघि बढाउन बिशेष समिति गठन गर्ने र संसदको अर्को अधिवेशनको निश्चित समयभित्रै पारित गर्ने सहमति भएको जानकारी दिनुभयो । त्यस्तै संसदीय समितिको नेतृत्व विवाद पनि समाधान भएको उहाले बताउनुभयो ।

त्यस्तै दलहरुबीच महत्वपूर्ण विधेयक अघि बढाएर संसदको चालू अधिवेशन छिटै अन्त्य गर्ने र बजेट अधिवेशनको तयारी गर्ने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्