कर्णाली प्रदेशमा कांग्रेसबाट सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगोे

खबर बुक
  • ख-
  • ख
  • ख+

सुर्खेत, ५ चैत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिनुभयाे ।

नेता शाहीका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।

उहाका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्