थप १०४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ चैत । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६ यस ३२ जनामा गरिएको नमुना परीक्षणमा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोमबार ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल कोरोनाका ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्