नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको जनमोर्चा अध्यक्ष केसीको आरोप

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख २ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको आरोप लगाउनुभएको छ ।

जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताउनुभएको हो ।

उहाले अहिले मुलुकको राष्ट्रियतामाथि नै बिषम परिस्थीति आउदा राष्ट्रिय जनमोर्चामात्रै लडिरहेको जिकिर गर्नुभयो । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालिन मान्छेको संज्ञा दिदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राख्नुभयो ।

लोकतन्त्र गणतन्त्र ल्याउनेहरुले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उहाको भनाइ छ । केसीले पुराना दलका नेताहरुले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर बिकल्प खोज्न बाध्य भएको उल्लेख गर्नुभयो ।

उहाले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्