सल्यानी गायक पवन कुमार ओलीको झ्याउरे गीत साईलो दाई बजारमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ६ । सल्यानी गायक पवन कुमार ओलीले झ्याउरे गीत साईलो दाई बजारमा ल्याउनु भएको छ ।

साईलो दाई बोलको गीतमा पवन कुमार ओली र सुनिता बुढा क्षेत्रिको स्वर, पवन कुमार ओली , हरि गन्धर्व र जानकी गन्धर्वको लय संकलन र शब्द रहेको छ । यस्तै गीतमा कृष क्षेत्री, तिलक ठकुरी क्षेत्री, ममता राना मगर लगायतका कलाकारहरुको प्रस्तुति रहेको छ भने गीतको निर्देशन तिलक ठकुरी क्षेत्रीले गर्नुभएको छ ।

उक्त गित कृष क्षेत्री युट्युब च्यानल बाट सार्वजनिक भएको छ । साईलो दाई बोलको गित सल्यान जिल्लाको मौलिक भाका हो । गीतका शब्दहरुले सल्यान र आसपासका जिल्लाहरुमा बोलिने भाषाहरुको झल्को दिने गायक ओलीले बताउनुभयो ।

यस्ता छन् साईलो दाई बोलको गीतका शब्दहरु :
‘साईलो दाई‘
१ केटाः यो हाट जाने यो हैनौ तिमि साईलो दाई हटारु पठाउने
यो माया लाउने यो हैनो तिमि साईलो दाई कलेजी कटाउने ।

केटीः यो आधा बारी सर्सु र साग साईलो दाई आधा त तिलबारी
ए माया तिमि कता पो जान्छौ साईलो दाई कलेजी निलपारी

२ केटाः यो आज बिवई (बिहिबार ) यो भोली सुकै (सुक्रबार ) साईलो दाई पर्सि त छन्चर (शनिबार)
यो तलाई सुख सबैले भन्छन साईलो दाई मन कस्ले देख्छर

केटीः यो सालघारी यो सल्लाघारी साईलो दाई रुख माथि छन रुख
आपत र बिपत परेको वेला साईलो दाई कोई हेदैनन मुख
३ केटाः यो आधा महिना मंसिरैको साईलो दाई भर (भरि महिना ) महिना पुसैको
यो आईस्याल (अर्कोसाल ) भन्नु यो मेरो हैन साईलो दाई जो बाच्ला उसैको
केटीः अई कहाँ जान्छस ए चिलगाडि ए साईलो दाई उडेर सगरैमा (आकासमा)
यो बाँचिम भने फेरी भेट हुम्ला साईलो दाई मरे त बगरैमा
४ केटाः धान बयाली खेल्न लाईगो साईलो दाई घारी खेतको कुना
यो बैस जान यो लाईगो बरै साईलो दाई मन त लाग्यो रुन
केटीः यो गौथलिले यो हिलो ल्यायो साईलो दाई तल नैनितालको
यो बाडुली यो किन लाग्छ साईलो दाई बिना माया जालको
हेर्नुहोस् भिडियो :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्