ओढारमा ५ नाल भरुवा बन्दुक फेला

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, २७ माघ । लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा  राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्