हिरासतमा रहेका चिनियाँ नागरिकलाई ठगेको आरोपमा कलाकार नारद खतिवडासहित ३ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ९ लाख रूपैयाँ ठगेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूको विवरण
१. ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने, उदयपुर कटारी नगरपालिका– ८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा

२. नवलपरासी पश्चिम, सुनौल नगरपालिका– ७, तर्गौली घर भएका ५९ वर्षीय गोपालकुमार गुरूङ

३. काठमाडौं महानगरपालिका– १० बुद्धनगर बस्ने, सर्लाही लालबन्दी नगरपालिका– ५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्