धौलागिरी संगीत उत्सव र स्रस्टा सम्मान कार्यक्रम भदौ २५ मा हुने

खबर बुक
  • ख-
  • ख+

यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९”  हुने भएको छ ।

“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा कार्यक्रम हुन लागेकाे हाे ।

कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा यही भदौ २५ गते दिनको १२ स् १५ बजे सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । सो कार्यक्रममा विशिष्ट ब्यक्ति लगायत गीत संगीत र हरेक क्षेत्रमा योगदान पुर्‍याएका धौलागिरीबासीहरुको सहभागिता रहने छ ।

“कार्यक्रम धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा विभिन्न बिधामा योगदान पुराउने ब्यक्तित्वहरूलाई सम्मान समेत गरिने छ भने धौलागिरीका मौलिक संस्कृती पनि प्रस्तुत हुने छ ।

कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्