आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने काँग्रेस नेता रमेश लेखककाे भनाइ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडों, माघ २१ । संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शनिबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता गराउने निर्णय गर्दै आइतबार बिहानसम्ममा उम्मेद्वारको टुङ्गो लगाउने निष्कर्षका निकालेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको बताउनुभयो ।

आइतबार बिहानसम्ममा यस सम्बन्धमा आवश्यक निर्णय गर्ने उहाले बताउनुभयो । उहाले रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियालीरहेको प्रतिक्रिया दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्