परेसलाई कठोर कारबाही नगर्न आदेश

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २० माघ । कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो । उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।

अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।

गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्‍यालीमा सहभागिता जनाएका थिए । यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो । पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्