फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी चेतना मूलक गतिविधि संचालन गरिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १८ माघ । आयोडिनयुक्त नूनको प्रवर्द्धन तथा प्रयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चेतनामुलक गतिविधि हुने भएको छ।

फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतीसम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा एक महिना चेतानामूलक गतिविधि गर्न लागिएको हो।

यही माघ १८ गते (तदअनुसार १ फेब्रुवरी २०२३) देखि १ महिना ‘आयोडिन मन्थ’का रुपमा मनाउन लागिएको यूनिभर्सल साल्ट आयोडाइजेशन अर्गनाइजेसनले जनाएको छ। नेपाल सो संस्थाको सदस्य राष्ट्र हो।

नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिँदै आएको छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री वितरण, प्रदर्शनी कक्षास्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ।

सरकारले विगत ५९ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लि लाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेबारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्