प्युठानबाट चोरीको सामानसहित दुई जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख
  • ख+

प्युठान, १७ माघ ।  चोरीका सामग्रीसहित प्यूठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा लगिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्