अमेरिकाबाट सुदनले ल्याए ‘चाहिदैन भो पैसाको थुप्रो नी” (भिडियो)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं – अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ। यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।

फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्