नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्