विमान दुर्घटनामा परेका शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ १ । आज विहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सनाखत नभएका शवको डीएनए परीक्षण गरिने र त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्