प्रधानमन्त्री  दाहाल र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख
  • ख+

गृहमन्त्री रवि लामिछाने र  प्रधानमन्त्री  दाहाल सगं भेटवार्ता भएकाे छ ।

आज बिहान सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन  गृहमन्त्री लामिछानेले  नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्