नव गायक केहर सीं लिम्बुले “तिमीलाई सम्झेर हेर दिन बित्यो” बाेलकाे गीत सर्वजनिक गरेका छन ।
आफ्नै शब्द तथा सङ्गीतमा नव गायक लिम्बुको नयाँ गीतमा सागर संसार राईको संयोजन रहेको छ ।
गीत माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतकाे भिडियाे सनम तामाङले छायाङ्कन गरेका हुन भने म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
विनोद तामाङ र नेहा तामाङको अन स्क्रिन अभिनय गरेको उक्त भिडियोलाई विजय मगरले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियोमा अहिलेको युवा पुस्तालाई लक्षित गरी प्रस्तुति गरिएको र उक्त म्युजिक भिडियो दर्शकहरूले विशेष गरी युवा माझ लोकप्रिय हुने कुरामा आफू विश्वस्त रहेको निर्देशक मगर बताउछन । विनाेद तामाङ अफिसियल नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।











