गायिका कल्पना दाहालले गरिन् अदालती विवाह

खबर बुक
  • ख-
  • ख+

लोक दोहिरी गायनको क्षेत्रमा लोकप्रिय बनेकी गायिका कल्पना दाहालले सुटुक्कै विवाह गरेकी छन् ।

प्राप्त जानकारी अनुसार उनले परिवारका सिमित सदस्यलाई साक्षीको रुपमा राखेर ‘कोर्ट म्यारिज’ गरेकी हुन् । उनले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसंग सुटुक्कै अदालती विवाह गरेकी हुन् ।

जिल्ला अदालत काठमाडौं स्रोतले उनको विवाह भएको पुष्टि गरेको छ । टेलिभिजन कार्यक्रम इन्द्रेणबाट दोहिरी गाएर आफ्नो नाम स्थापित गराउन सफल दाहालको थुप्रै गीतहरु हिट छन् ।

उनी सोमबार विवाह दर्ताको लागि अदालत पुगेकी थिइन् । तर, विवाह दर्ता प्रमाणपत्र भने मंगलबार साढे १ बजे मात्रै पाएको श्रोतको भनाइ छ ।

दाहाल र आचार्यले विवाह दर्ताको प्रमाणपत्र पाएपछि काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो समेत खिचेका छन् ।

तर, कल्पनाले भने आफ्नो विवाह भएको अस्विकार गरेकी छन् । अब उनले किन अस्विकार गरिन भन्ने कुरा उनैले जानुन् । जे होस् उनलाई बैवाहिक जिवनको शुभकामना ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्