बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’

खबर बुक
  • ख-
  • ख+

लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ लोकार्पण गरिएको छ ।

म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा ‘मायाको ढोका खोलिदेउ’ लोकार्पण गरिएको हाे ।

कार्यक्रममा बरिष्ठ गायक, संगीतकार एवम् निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

गीतमा गायक बिरही कार्कीको साथमा गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतको शब्द तथा संगीत कार्कीको नै रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियालाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्