रुपन्देहीको शैक्षिक कार्यक्रम देशकै उत्कृष्ट : बिष्णु पौडेल

न्युज कारखना
  • ख-
  • ख+

रुपन्देही, २ पुस ।  कान्ति माध्यमिक विद्यालय  बुटवलको ६९औं वार्षिकोत्सब तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयले आफूहरूलाई देशकै उत्कृष्ट र नमुना प्रस्तुत गरिरहेकोमा खुसी व्यक्त गरे ।

रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, विकास तथा सुधारका लागि आफ्नोतर्फबाट कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाए । रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनमा प्राविधिक धारका विषयको पठन पाठनलाई ध्यान दिँदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्न टेवा पुर्‍याउन विश्वास लिएको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विद्यालयको प्रगतिको कामना गरेका थिए ।  बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा  विकास गर्दै लैजाने ध्येयका साथ उपमहानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्