दैलेख दुर्घटनाः पाँच जना सवारको सनाखत

खबर बुक
  • ख-
  • ख+

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले प्रेस विज्ञप्तिमार्फत उनीहरूको परिचय सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुबेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुबेदी, कालिकोट रास्कोट नगरपालिका –२ खड्कागाँउका सिर्जना खड्का र कालिकोट पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र जेखे तिरुवा छन्

जेखे तिरुवाको आफन्तले शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय दैलेख सूचना अधिकारी पुष्पराज रोकायले जानकारी दिए ।

गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भनेर सम्बन्धित निकायहरुसँग समन्वय गरी आवश्यक अनुसन्धान तथा विवरण संकलन कार्य जारी रहेको जनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले नदी किनार र सम्भावित स्थानहरूमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्