सुकुम्वासीलाई रविको ढाडस- निर्धक्क हुनुस्, तपाईँहरूको वर्षौँदेखिको दुःख भुलाउनेछौं

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सुकुम्वासीहरूलाई घरबार विहीन नबनाउने बताएका छन्।

आज सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौंका सुकुम्वासी व्यवस्थापनमा केही कमजोरी भएको बताए।

उनले भने, ‘उहाँहरूलाई सम्बोधन गर्ने कयौँ तरिकाहरूको अभ्यास भएकै हो। त्यसमध्येको अर्को अझ राम्रो हुन सकिन्थ्यो, अझ व्यवस्थित गर्न सकिन्थ्यो, अझै राम्रो तरिकाले अझ सहजताका साथ गर्न सकिन्थ्यो, जहिले पनि सम्भावना रहिरहन्छ। तर, उहाँहरूलाई घरबारविहीन बनाइने नै छैन। उहाँहरूको भेरिफिकेसन लगभग सकिएको जस्तो पनि मलाई लाग्छ।’

उनले वास्तविक सुकुम्वासीले जग्गा प्राप्त गरिसकेपछि वर्षौँदेखिको दुःख बिर्सिने वातावरण बन्ने विश्वास लिए।

उनले अगाडि भने, ‘उहाँहरूलाई दुःख भएन म भन्दिनँ, पक्कै पनि दुःख भयो। दुःखमै हुनुहुन्थ्यो, थप दुःख भयो। तर त्यति लामो दुःखको अगाडि अहिलेको यो दुई–चार महिनाको दुःख भुल्ने गरी उहाँहरूले परिणाम प्राप्त गर्नुहुन्छ भन्ने कुरामा म निर्धक्क छु।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्