एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक नलगाउन अदालतको आदेश

खबर बुक
  • ख-
  • ख+

१९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव किरण राई लगायत अन्य पदाधिकारी तथा सदस्यहरुलाई विदेश भ्रमण रोक लगाएको थियो ।

त्यसपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ अदालत पुगेका थिए । अदालतले विदेश भ्रमण रोकका लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन गर्न भनेको हो ।

संस्थागत आर्थिक हिनामिनाको आरोपमा उनीहरूमाथि अख्तियारले छानबिन गरिरहेको छ ।

यही आधारमा अध्यागमनले उनीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो । हालै फिफा विश्वकपमा सहभागी हुन जान लागेका एन्फा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्