२० असार, काठमाडौं । संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर आइपुगेका छन् ।
जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर आएका हुन् । उनले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नेछन् ।
निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका उनले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिए । नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्न पनि निर्देशन दिए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।
‘प्रहरीको समस्या बुझेको बताउँदै उनले धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताए । ती समस्याको समाधान गर्न सरकारले योजना पनि बनाएको उनले बताए ।










