गाडीको प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १ पुस।वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ । यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आइएको थियो ।

तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जानकारी दिए । उनका अनुसार प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्