रुसी नोबेल विजेतालाई पुरस्कार अस्वीकार गर्न क्रेमलिनको दबाब

खबर बुक
  • ख-
  • ख+

मस्को, २५ मंसिर।।यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन् ।

आफूलाई पुरस्कार स्वीकार नगर्न भनिएको मेमोरियलका प्रमुख यान रचिन्स्कीले बताएका हुन् । दुई अन्य सह विजेताहरू युक्रेनी मानवअधिकार संगठन र जेलमा रहेका बेलारूसी अधिकार रक्षक पुरस्कार लिनका लागि ‘अनुपयुक्त’ भएको भन्दै रचिन्स्कीलाई पुरस्कार नलिन क्रेमलिन अधिकारीहरुले दबाब दिएका हुन् ।
मेमोरियल रूसको सबैभन्दा पुरानो नागरिक अधिकार समूहहरू मध्ये एक हो, जसलाई गत वर्ष सरकारले बन्द गरेको थियो ।

बिबीसीसँगको एक अन्तर्वातामा राचिन्स्कीले उनको संगठनलाई पुरस्कार अस्वीकार गर्न सल्लाह दिइएको स्वीकार गरेका छन् । ‘तर, स्वाभाविक रूपमा  हामीले यो सल्लाहलाई ध्यान दिएनौ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्