धादिङमा ग्यास बुलेट दुर्घटना, चालक घाइते, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् ।

धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा भारतीय नम्बर प्लेटको एचआर ३८एएल ३३६७ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको हो ।

इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार दुर्घटनामा चालक घाइते भएका छन् । दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्डसमेत अवरुद्ध भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्