तीन प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार तीन प्रदेशको केही स्थानमा भारी वर्षाको हुने बताएको छ । 

महाशाखाका अनुसार भोलि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

सो दिन देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार कोशी प्रदेशका सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्