बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बाढी–पहिरोका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवमध्ये सबैभन्दा धेरै चितवनमा २३३ वटा रहेका छन्।

जिल्लागत विवरणअनुसार:

  • नवलपरासी पूर्व: १५८
  • गोरखा: ४८
  • नवलपरासी पश्चिम: ४७
  • धादिङ: ४५
  • नुवाकोट: ४१
  • तनहुँ: ३१
  • रसुवा: १३

यसैगरी, विपद्मा फसेका २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट तीन जना रहेका छन्।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको छ।

उद्धार तथा राहत कार्यका लागि देशभर ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्