पाँच जिल्लाका विभिन्न स्थानीय तह तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल सरकारले बाढीबाट अत्यधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रलाई विपद् सङ्कटग्रस्त घोषणा गरेको हो।

नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहमा ठूलो क्षति पुगेकाले सरकारले उक्त निर्णय गरेको राजपत्रमा उल्लेख छ।

यी हुन् विपद् सङ्कटग्रस्त घोषित स्थानीय तह

  • रसुवा: उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका।
  • नुवाकोट: विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका।
  • धादिङ: गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका।
  • गोरखा: गण्डकी गाउँपालिका।
  • तनहुँ: देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका।

‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा भएपछि ती क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्