काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले आफू पार्टी फुटाउने काम नगर्ने बताएका छन् ।
आज काठमाडौं आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै पार्टी एक बनाउने अभियानमा लागेको बताए।
उनले भने, ‘मेरो कर्तव्य कांग्रेसलाई एक बनाउने हो । बीपी कोइरालाले जसरी कांग्रेसलाई एक बनाउनुभएको छ, त्यही नै मेरो कर्तव्य हो । म फुटाउने काम गर्दिनँ ।’
छुट्टै भेलाको सभापति नै बन्नुपर्ने स्थिति आयो नि भन्ने जिज्ञासामा उनले भने, ‘छुट्टै होइन । एकतातिर हामी जानुपर्छ, भविष्य त्यसैमा छ ।’
आफूहरूले कांग्रेस फुटाउन लागेको भन्ने गलत हल्ला भएको बताए ।










