१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगको पुरानै टिमलाई जिम्मा दिएको छ ।
केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार तीन आयोग रिक्त रहन नहुने भएकाले आवश्यक निर्णय गरेको सहमहामन्त्री हरि ढकालले बताए ।
निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टिमलाई दिएपनि अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरिएको उनले बताए ।
बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, पत्रकार लगायतलाई पनि धन्यवाद ज्ञापन गरेको बताए।










