१५ असार, काठमाडौं । पूर्वउपप्रधान, अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई जरुरी पक्राउ पूर्जी दिएर असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि असार ९ मा पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो ।
यता पौडेलकी श्रीमती दोमाया पौडेलले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा दायर रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।










