पूर्वराजाले जन्मोत्सव मनाउने सम्बन्धी विज्ञप्ति ‘फेक’: फणिराज पाठक

खबर बुक
  • ख-
  • ख+

३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी असार २३ मा ८० औं जन्मोत्सव मनाउने सन्दर्भमा संवाद सचिवालयको नाममा जारी विज्ञप्ति ‘फेक’ भएको पाइएको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आफूले विज्ञप्ति जारी नगरेको बताएका छन् ।

यसअघि सचिवालय निकाल्ने ढाँचाकै विज्ञप्ति आएपछि नेपाल प्रेससहितका सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । विज्ञप्तिमा असार २३ गते पूर्वराजालाई शुभकामना दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने उल्लेख थियो ।

नेपाल प्रेससँग कुरा गर्दै पाठकले यो विज्ञप्ति झुट्टा रहेको बताए ।

उनले भने, ‘श्री ५ महाराजधिराजको जन्मोत्सवका विषयमा कुनै निर्णय भएको छैन र सूचना पनि निकालिएको छैन । विज्ञप्ति कहाँबाट कसरी आयो भन्नेमा अनभिज्ञ छौँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्