नीति तथा कार्यक्रममा दलहरुबीच छलफलका लागि प्रतिनिधिसभा बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्