पहिरोले कान्ति लोकपथ अबरुद्ध, सूर्यविनायक–साँगा खण्डमा आवागमन प्रभावित

खबर बुक
  • ख-
  • ख+

२० वैशाख, काठमाडौं ।  पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ।

यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ।

सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्