ट्रम्पको कार्यक्रममा गोली प्रहार, सुरक्षित स्थानमा सारिए

खबर बुक
  • ख-
  • ख+

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रम स्थलमा गोली चलेको आवाज सुनिएको छ । सो घटनापछि ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको छ ।

एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । उनको परिचय पनि खुलेको छैन ।

बीबीसीका अनुसार गोली चलेको आवाज सुनिएलगत्तै सुरक्षाकर्मीहरुले राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कार्यक्रमस्थलको स्टेजबाट अन्तै लगेका थिए ।

उनीहरू बाहिरिएपछि काउन्टर असल्ट टिम (सीएटी)का हतियारधारी सुरक्षाकर्मीहरू स्टेजमा उभिएर हलको पछाडितर्फ लक्षित गर्दै बन्दुक तेर्स्याएका थिए ।

सीबीएसका अनुसार त्यसको केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतारहतार सुरक्षित स्थानतर्फ लगेको देखिएको थियो ।

त्यस क्रममा कार्यक्रममा सहभागी केही व्यक्तिहरुहरू भुइँमा घोप्टो परेको देखिएको थियो भने कुर्सीहरु पनि ढलेका थिए । त्यसबेला सुरक्षाकर्मीहरू टेबल र खाली कुर्सी नाघ्दै अघि बढेका थिए ।

केहीबेर विथोलिएको कार्यक्रम अहिले भने सुरु भएको बीबीसीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्